समाज

अर्जुनधारामा ६ वटा ट्याक्टर-टिपर नियन्त्रणमा

By admin

August 23, 2022

शनिश्चरे । अनधिकृतरुपमा नदीजन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा झापाको अर्जुनधारामा चार वटा ट्याक्टर र दुई वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीको टोलीले अर्जुनधारा १ स्थित बिरिङ खोलाबाट ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो सोमबार खोलाबाट मे १ त ६३४०, प्रदेश १-०१-००१ त ८२३९, को १ त ६४४ र मे १ त ५१३६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

 

यस्तै, अर्जुनधारा नगरपालिका ८ स्थितबाट प्रदेश १-०१-००१ क ११२४ र बागमती प्रदेश १-०६ ख ३६४७ नम्बरको टिपरलाई पनि अनधिकृतरुपमा नदीजन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका ट्याक्टर तथा टिपरलाई आवश्यक कार्बाहीका लागि अर्जुनधारा नगरपालिकामा बुझाइएको प्रहरीको भनाइ छ ।