समाज

छुरा प्रहार गरी श्रीमतीको हत्या गर्ने नाइके पक्राउ

By admin

August 27, 2022

झापा । श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । झापा गाउँपालिका ६ स्थित चन्द्रबस्ती निवासी ४० वर्षीय नाइके हस्दाले श्रीमतीको हत्या गरेका थिए ।

 

३५ वर्षीया श्रीमती तालामोही हस्दालाई मादक पदार्थ सेवन गरेका हस्दाले धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार हस्दालाई आज बिहान पक्राउ गरिएको हो ।

 

प्रहरीका अनुसार शुक्रबार राति १०ः१० बजे मादक पदार्थ सेवन गरी आएका हस्दाले श्रीमतीसँग झगडा गर्दै कोखामा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट उनको घटनास्थलमै छटपटिएर मृत्यु भएको थियो ।

 

घटनापछि हस्दा फरार भएका थिए । उनलाई शनिवार बिहान ८ बजे कचनकवल गाउँपालिका १ स्थित नेपाल-भारत सीमा नाका नजिकैबाट पक्राउ गरिएको डीएसपी पाठकले बताए । श्रीमान् श्रीमती मजदुरी गरी परिवार पाल्दै आएका थिए । उनीहरूका छोरा हाल वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।