अर्थ बजार

झापा गौरादहको फर्निचरमा आगलागी हुँदा १५ लाख क्षति

By admin

August 28, 2022

दमक । झापाको गौरादहस्थित पायल फर्निचरमा विद्युत सर्ट भएर आगलागी भएको छ । आज (आइतबार) बिहान अन्दाजी साढे ३ बजे भएको आगलगाीबाट गौरादह २ को बजारमा रहेको सो फर्निचरमा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मुनिलाल शर्माले संचालन गर्दै आएको फर्निचरमा अचानक विद्युत सर्ट भइ आगलागी हुँदा फर्निचरको छेउमा रहेको बाँस र टिनको छानो भएको टहरा पूर्णरुपमा जलेर नष्ट भएको छ । टहराभित्र रहेको मेसिन काठ र फर्निचर समेत जलेर सो बराबरको क्षति भएको बताइन्छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार फर्निचरमा लागेको आगो प्रहरी, स्थानीयबासी, गौरादह नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाको दमकलको सहयोगमा बिहान करिब ५ बजे नियन्त्रणमा लिइएको थियो ।