मोरङ । मोरङको विराटनगर महानगरपालिका १४ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना महिला रहेकी छन् ।
गत शुक्रबार बेलुका लागुऔषध ब्राउनसुगरको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रामधुनी नगरपालिका ८ घर भई बिराटनगर १४ मुण्डा पोखरीस्थितमा डेरा गरी बसेकी २७ वर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु फेला परेको थियो ।
प्रहरीका अनुसार गुरुङको कोठा खानतलासी गर्ने क्रममा सिन्धुपाल्चोक चौताराका २६ वर्षीय बिकाश थापा, बिरानगर १५ का २४ वर्षीय बरुण साह, बिराटनगर ३ का ३० वर्षीय आशिष हमाल, बिराटगर १३ का ३० वर्षीय सुलभ रिजाल र धरान २० का २३ वर्षीय रोशन लिम्वुलाई पनि पक्राउ गरिएको थियो ।
पक्राउ परेका उनीहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।