समाज

चतरा नहरमा डुबेर एकै परिवारका २ जनाको मृत्यु

By admin

September 01, 2022

सुनसरी । सुनसरीका बराहक्षेत्र नगरपालिका-३ खोरिया बस्ने एकै परिवारका दुई जनाको चतरा नहरमा डुबेर मृत्यु भएको छ । बिहीबार पञ्चमी व्रतका लागि भनेर नुहाउन नहरमा पसेका चार जनामध्ये १४ वर्षीया सलिना खड्का र ३६ वर्षीया शोभा खड्काको डुबेर मृत्यु भएको हो ।

 

महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सलिना र शोभा फुपू भदैनी हुन् । उनीहरुसँगै नुहाउन पसेका २३ वर्षीया सोनु खड्का र १४ वर्षीया इशा खड्का भने सकुशल रहेका छन् ।

 

प्रहरीका अनुसार बराहक्षेत्रको बीचपानी भएर जाने सुनसरी मोरङ सिंचाइ आयोजनाको चतरा नहरमा सलिनालाई डुबेको स्थानदेखि तीनकिलोमिटर दक्षिण मृत अवस्थामा फेला परेकी थिइन् ।

 

भदैनी शोभालाई उद्धार गरेर धरानको विजयपुर अस्पतालमा भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।