समाज

उदयपुरमा एकैपरिवारका ३ जनाको हत्या, एक पक्राउ

By admin

September 02, 2022

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको बिभत्स हत्या भएको छ । बेलका ७ मा स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीय सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको बिभत्स हत्या भएको प्रदेश १ प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताए ।

 

उनीहरूको शव खोलामा भेटिएको थियो । राजकुमारका दाइ नाता पर्ने व्यक्तिले तीनै जनाको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरीले जानकारी दिए । ‘घटनामा संलग्न मुख्य मान्छेलाई पक्राउ गरिएको छ’, डिआइजी गिरीले भने ।

 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा डिएसपी राकेशकुमार पोद्धारका अनुसार हत्यामा संलग्न भएको आशंकामा एक जनालाई खुकुरीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् । पारिवारिक विवादको कारणले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।