अर्थ बजार

एभोकाडो खेतीमा किसानको आकर्षण बढ्दै

By admin

September 03, 2022

धनकुटा । धनकुटामा पछिल्ला बर्षहरुमा एभोकाडो खेती तर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

 

तीन वर्षअघि एभोकाडोको राजधानी घोषित धनकुटामा धनकुटा नगरपालिकासहित जिल्लाका अन्य स्थानका किसान समेत एभोकाडोको खेतीतर्फ आकर्षित भएका हुन् ।

 

धनकुटा नगरपालिकामा मात्र गएको ४ वर्षमा खेतीको क्षेत्रफल २ सय प्रतिशतले बृद्धि भएको छ भने फल दिने बोटको संख्या १ सय २३ प्रतिशतले बृद्धि भएको धनकुटा नगरपालिकाको एभोकाडो परियोजनाले जनाएको छ ।

 

तर, पछिल्लो समय एभोकाडोमा पात ओइलाएर झर्ने, बोट सुक्ने, फलमा गिर्खा देखिने र झर्ने समस्या देखिन थालेकोले किसानको भनाइ छ । इमेज खबरबाट