अर्थ बजार

पाथीभरामा सनराइज बैंकको पोर्टेबल शौचालय र डिजिटल घडी सहयोग

By admin

September 04, 2022

ताप्लेजुङ । सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एकथान डिजिटल घडी प्रदान गरेको छ।

 

सनराईज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको पत्र हस्तान्तरण गरेका छन्।

 

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको उपस्थितिमा सनराइज बैंकले पोर्टेबल शौचालय र एकथान डिजिटल घडी पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो। क्षेत्र विकास समितिका अध्यक्ष थेबेले पाथीभरा क्षेत्रमा तीर्थालुहरुलाइ सहयोग पुग्नेगरी सामग्री दिएर सनराइज बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए।

 

सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलाले पाथीभरा क्षेत्रमा तीर्थालुका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए। बैंकले समाजका आधारभूत आवश्यकताहरुलाई क्रमैसँग पूरा गरेर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको उनले बताए । नागरिक न्यूजबाट