समाज

अर्जुनधाराबाट फेरि २ वटा ट्याक्टर नियन्त्रण

By admin

September 07, 2022

झापा । अर्जुनधारा नगर भएर बग्ने खोलाबाट अवैधरुपमा नदीजन्य सामग्री उत्खनन् गर्ने सवारीसाधन पक्राउ गर्ने कार्यलाई प्रहरीले तीव्र बनाएको छ । एकपछि अर्को पक्राउ गरेको घटना सार्वजनिक भइरहँदा बुधबार नदीजन्य सामग्रीसहित २ वटा ट्याक्टर पक्राउ गरिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ सवा ५ बजे अर्जुनधारा नगरपालिका ७ स्थित स्थानीय फूलमती खोलामा नदीजन्य सामग्री ढुंगा, बालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरी चौकी शनिश्चरेले २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

 

प्रहरीका अनुसार अवैधरुपमा नदीजन्य सामग्री उत्खनन् तथा ओसारपसारमा संलग्न मे. १ त ५८७९ र मे. १ त ७२१४ नम्बरको २ वटा ट्रयाक्टरलाई ढुङ्गा, बालुवा उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । यसअघि २ वटा टिपर र  ९ वटा ट्याक्टर प्रहरीले नियन्त्रणामा लिएकाे थियाे ।

 

यसैगरी प्रहरीले मेचीनगर ७ स्थित पालिया खोलाबाट प्रदेश १- ०१-००२ त १०८ नम्बरको ट्याक्टरले अवैधरुपमा नदीजन्य बालुवा उत्खनन् गरी लाने क्रममा नियन्त्रणमा लिएको छ ।

 

 

अस्थायी प्रहरी पोष्ट इँटाभट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान ९ः२० बजे उक्त ट्याक्टरलाई नदीजन्य सामग्रीसहित पक्राउ गरी आवश्यक कार्वाहीको लागी मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।