खेलकुद

महिला साफः पाकिस्तानलाई पराजित गर्दै बङ्गलादेश सेमिफाइनलमा

By admin

September 10, 2022

काठमाण्डौ । महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेश सेमिफाइनलमा पुगेको छ । काठमाण्डौको दशरथ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६-० गोलले हराएको हो ।

 

बङ्गलादेशको फराकिलो जितमा कप्तान सविना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एकरएक गोल गरे । सविना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छन् । बङ्गलादेशको लगातार यो दोस्रो जित हो ।

 

पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई हराएको थियो । पाकिस्तानको लगातार यो दोस्रो हार हो । पाकिस्तान भारतसँग ३-० गोलले पराजित भएको थियो । अर्को खेलमा आजै बेलुका प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन् ।

 

नेपाल र भुटानले एक-एक खेल जितेका छन् । समूह ‘ए’ मा पाकिस्तान र माल्दिभ्स तथा ‘बी’ मा रहेको श्रीलङ्का अङ्कविहीन छन् ।