समाज

देउनिया पुलबाट ट्रक झर्दा एकको मृत्यु, तीन घाइते

By admin

September 12, 2022

बिर्तामोड । भद्रपुरबाट केचना जाने सडक खण्डअन्तर्गत पर्ने पृथ्वीनगरको देउनिया खोलाको पुलमा आमाछोरीलाई सोरेर ट्रक खोलामा झरेको छ ।

 

दुर्घटनामा परी पुलमा हिँड्दै गरेकी भद्रपुर ९ गैरीगाउँ बस्ने वर्ष २३ की तुलसा खवास भुजेलको मृत्यु भएको छ । उनकी २ वर्षकी छोरी लुकुसा तामाङ गंभीर घाइते भएकी छन् । आमा तुलसालाई ट्रकले सोरेर लैजाँदा उनी उछिट्टिएकी थिइन् ।

 

इँटा बोकेर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रेम इँटाभट्टा उद्योगको प्र १-०१-००-१ ख ३६५९ नम्बरको ट्रक पुलको रेलिङ भत्काएर खोलामा झरेको हो । दुर्घटनामा ट्रकमा सवार बिर्तामोड २ बस्ने वर्ष २४ को अनिल हस्दा, सोही ठाउँ बस्ने वर्ष ५२ को बुधलाल राजवंशी घाइते भएका छन् ।

 

दुर्घटना गराउने ट्रक चालक पाँचथर हिलिहाङका २४ वर्षीय यागेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेहरुलाई मेची अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकी बिर्तामोडको बिएण्डसी हस्पिटलतर्फ ल्याइएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण ट्रक अनियन्त्रित भई आमाछोरीलाई सोरेर खोलामा झरेको बताइएको छ ।