समाज

५ ग्राम ब्राउन सुगरसहित बिर्तामोडका मोहन पक्राउ

By admin

September 13, 2022

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले एक युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोडका २८ वर्षीय मोहन राजवंशी रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड ६ का राजवंशी पक्राउ परेका हुन् । बिर्तामोड ६ नम्बर वडामा घर भए पनि उनी बिर्तामोड ५ स्थित हरिप्रसाद खरेलको घरमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।

 

उनलाई आज (मंगलबार) दिउँसो १ः१५ बजे कोठामा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट ५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।