समाज

दमक लायन्सद्वारा विपन्न १० घरपरिवारलाई दशैँको खाद्यान्न

By admin

September 13, 2022

दमक । लायन्स क्लव अफ झापा दमकले अति विपन्न परिवारसंग दशैँ कार्यक्रम अन्तरगत झापाको कमल गाउँपालिका वडा नम्बर ६ मा रहेका अति विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ ।

 

क्लवका कोषाध्यक्ष एवं दमकका सफल युवा ब्यवसायी सन्दिप साहेवालाको जन्मदिनको अवसर पारेर उनको सहयोगमा १० घरपरिवारलाई खाद्यन्न उपलब्ध गराएको हो ।

 

चामल, चिउरा, भुजा, दाल, नून, खानेतेल, चिनीलगायतका दैनिक अत्य आवश्यकीय उपभोग्य सामग्रीहरु प्रतिपरिवार कम्तिमा पनि १ महिना पुग्ने गरी उपलब्ध गराइएको क्लवका अध्यक्ष अशोककुमार अग्रवालले बताए ।

 

तडकभडक तथा होटलहरुमा गएर जन्मदिन मनाउनेभन्दा अति विपन्न परिवारलाई सानो सहयोग गरेर भए पनि जन्मदिन मनाउने सोचअनुसार लायन्स क्लव अफ झापामार्फत आफूले खाद्यान्न उपलब्ध गराएको साहेवालाले बताए ।

 

खाद्यान्न वितरण कार्यक्रममा वडाध्यक्ष नरेन्द्र भट्टराईले दीर्घ रोगी अपाङ्ता भएका अति विपन्न परिवारलाई लायन्स क्लवमार्फत खाद्यन्न वितरण अभियानको रुपमा चलाउँदै आएको पाइएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

 

लायन्स लिडरहरु अजयकुमार अग्रवाल, दिवस राई, कमल उदास लगायतले जन्मदिनको अवसरमा शुभकामनासहित जन्मदिन यस प्रकारले मनाउने संस्कृतिको विकास लायन्सकर्मीहरुले गर्दै आएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । स्थानीय सामाजिक अगुवा युवा दिपक खडकाले कार्यक्रमको सहजीकरण गरेका थिए ।