समाज

झापामा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

By admin

September 25, 2022

बिर्तामोड । बितेको २४ घण्टाभित्र झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई, गैँडेलगायत इलामको सीमा आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा थप ठूलो वर्षाको अनुमान गरिएको छ ।

 

यसले मेची, बिरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवा खोलालगायत झापाका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।