खेलकुद

बुद्धशान्ति ५ लाई शान्तिनगर फुटबलको उपाधि

By admin

October 01, 2022

शान्तिनगर । आइतबारे युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा भएको साबिक शान्तिनगरस्तरीय फुटबल कपको उपाधि बुद्धशान्ति ५ ले उचालेको छ । शक्रबार भएको उपाधि भिडन्तमा मुनामदन एकाडेमी बुद्धशान्ति ४ लाई १-० ले पराजित गर्दै बुद्धशान्ति ५ ले उपाधि चुमेको आयोजक समितिका अध्यक्ष रुवन खनालले जानकारी दिए ।

 

बुद्धशान्ति ५ का लागि एकमात्र निर्णायक गोल रितेस लिम्बुले गरेका थिए । उपाधि उचालेसङ्गै बुद्धशान्ति ५ ले नगद १० हजारसहित ट्रफी प्राप्त गर्यो भने उपविजेतामा सीमित मुनामदनले नगद ७ हजारमा चित्त बुझाउन बाध्य बनेको थियो । प्रतियोगिताको उच्च गोलकर्ता बिजेता टिमका गणेश मगर र प्रातियोगिताकै सर्बोत्कृष्ट खेलाडी बिजेता टिमकै सुजन लिम्बू घोषित हुँदै सम्मानित भए ।

 

यसअघि भएको सेमिफाइनलमा मुनामदनले सट्टाभर्नालाई ३-१ ले र दोस्रो सेमीमा वार्ड ५ ले पिपल चोकलाई २-१ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरेका थिए ।

 

बुद्धशान्ति ४ को बर्ने चिया कमानको वर्कसपमा आयोजित प्रतियोगिताको उपाधिअअघि भएको शो म्याचमा तरुण दल र युवा संघबीच खेल भएको थियो । जसमा तरुण दलले बिजयी हासिल गरेको समितिका सचिव काशिहाङ चाम्लिङ राईले जानकारी दिए ।