समाज

बिर्तामोडका राहुल १० ग्राम ब्राउन सुगरसहित पक्राउ

By admin

October 01, 2022

बिर्तामोड । झापा बिर्तामोडका एक युवा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार बिर्तामोड १ मा घर भएका पशुपति टोलमा डेरा बस्दै आएको राहुल राजवंशी पक्राउ परेका हुन् ।

 

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले २१ वर्षीय राजवंशीलाई शंका लागी शनिबार दिउँसो ३ बजे निजको कोठामा चेकजाँज गर्दा प्रतिबन्धित लागुऔषध १० ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

ब्राउन सुगरसहित पक्राउ परेका राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा थप अनुसन्धान भइरहेको जिप्रका झापाले जनाएको छ ।