अर्जुनधारा । झापाको बिर्तामोड युनाइटेड र अर्जुनधारा स्पोर्टिङ क्लबले उपाधिका लागि आज फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन् । दोस्रो नव युवा गोल्डकपको उपाधि भिडन्तमा दुवै टोलीबीच अर्जुनधारा खेलमैदानमा कम्तिमा ५१ हजारको भिडन्त हुनेछ ।
आयोजक अर्जुनधारा स्पोर्टिङले सैनिक युथ क्लबलाई पहिलो सेमिफाइनलमा सडनडेथबाट हराएर फाइनल यात्रा तय गरेको थियो । त्यस्तै, बिर्तामोडले भारतको रथखोला एफसीलाई पराजित गरेर आयोजकसँग भेट पक्का गरेको थियो ।
आयोजकले पहिलो खेलमा अमरदह एफसीलाई पराजित गरेको थियो । बिर्तामोडले ब्रदर एफसी चन्द्रगढीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबद्वारा आयोजित गोल्डकपको विजेता र उपविजेताले क्रमशः नगद एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।