समाज

भद्रपुरबाट ब्राउन सुगरसहित २ जना पक्राउ

By admin

October 09, 2022

बिर्तामोड । झापाको भद्रपुर नगरपालिका ४ बाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका ३ का २० वर्षीय होमन लिम्बूलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित भद्रपुर नगरपालिका ४ डांगीबारीबाट पक्राउ गरेको हो ।

 

लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।