अर्थ बजार

काँकडभिट्टा नाकाबाट पाँच लाखको लत्ताकपडा बरामद

By admin

October 12, 2022

झापा । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको करिब ५ लाख मूल्यबराबरको लत्ताकपडा दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले बरामद गरेको छ ।

 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले गएराति मेचीनगर सीमा नाकाको दुई छुट्टाछुट्टै स्थानबाट सो मुल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।

 

प्रहरीले मेचीनगर नगरपालिका ७ मा बेवारिसे अवस्थामा फेला पारेको तीन लाख ५० हजार मूल्यबराबरको लत्ताकपडा बरामद गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । सो लत्ताकपडाका पोकोहरू तस्कर समूहले भन्सार छलेर भित्राएको र व्यापारीको गोदाम वा पसलतर्फ लैजान राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

 

त्यस्तै प्रहरीले मेचीनगर ६ बाट डेढ लाख मूल्यबराबरको लत्ताकपडा बरामद गरेको छ । ती सामान पनि भन्सार छलेर ल्याई बेवारिसे अवस्थामा राखेका थिए । बरामद गरिएको विभिन्न प्रकारका लत्ताकपडालाई आवश्यक कारबाहीका लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको डीएसपी पाठकले जानकारी दिए ।