समाज

अपहरणपछि गेष्ट हाउसमा हत्या गर्ने ३ जना पक्राउ

By admin

October 15, 2022

विराटनगर । सिरहाबाट अपहरणमा परेका १८ वर्षीय युवकको विराटनगरमा हत्या गरिएको अवस्थामा शुक्रबार शव फेला परेको छ । सिरहाको गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो ।

 

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका ५ का २६ वर्षीय मनोज कार्की, १९ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल र धनुषाको कमला नगरपालिका ६ का राकेश ठाकुर छन् ।

 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको एक जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।