खेलकुद

एपीएफले जित्यो राष्ट्रिय खेलकुदमा फुटबलको स्वर्ण

By admin

October 20, 2022

पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलको स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा बिहीबार सम्पन्न सनसनीपूर्ण फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी शुटआउटमा ६-५ ले हराएर स्वर्ण जितेको हो ।

 

आठौं राष्ट्रियमा पनि एपीएफले आर्मीसॅगै पराजित भएर स्वर्ण पदक गुमाएको थियो । सातौंमा एपीएफले आर्मीमाथि जित रचेको थियो ।

 

पेनाल्टी शुटआउटमा एपीएफबाट नवीन लामा, आभाष लामिछाने, सुदीप सिख्राकार, राजु योगी, दिपेश धिमाल, मणि लामाले गोल गरेका थिए । सनिश श्रेष्ठको पेनाल्टी खेर गएको थियो ।

 

आर्मीका लागि नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सीमान्त थापा, विवेक बस्नेत र विकास खवासले गोल गरेका थिए । सेसेहाङ आङदम्बे र सुमन अर्यालको प्रहार विपक्षी गोलकिपर राजु योगीले बचाए ।

 

सुरुका ५-५ पेनाल्टी प्रहारमा ४-४ गोल भएपछि खेलको निर्णय सडनडेथमा गएको थियो । निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन सकेको थिएन । इकान्तिपुरबाट