समाज

भद्रपुर नाकाबाट बरामद पटाका नष्ट

By admin

October 21, 2022

भद्रपुर । भद्रपुर नाकाबाट नेपाल भित्राइएको प्रतिबन्धित बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका प्रहरी निरीक्षक राम घिमिरेको नेतृत्वमा खटिएको टोलीले भद्रपुर ५ स्थित गणेश मन्दिर नाका नजिकै दोभानबाट करिब ३० हजार मूल्य बराबरको पटाका बरामद गरेको थियो ।

 

बरामद गरिएको जगमग (चकलेट) बमलाई शुक्रबार विओपी भद्रपुरले नष्ट गरेको छ । सशस्त्रले नेपाल प्रहरी, जनप्रतिनिधि र पत्रकारको रोहबरमा पटाका नष्ट गरेको बताइएको छ ।