समाज

अर्जुनधाराका अजय र अर्जुन ब्राउन सुगरसहित पक्राउ

By admin

October 25, 2022

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा अर्जुनधाराका दुई युवा केर्खाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका वडा नं ९ का २६ वर्षीय अजय माझी र सोही ठाउँका २८ वर्षीय अर्जुन राजवंशी रहेको प्रहरीले जनाएको छ ।

 

हिजो साँझ ७ बजेको समयमा कमल गाउँपालिका वडा नं. ३ केर्खामा इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले मे.५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार माझी र राजवंशीलाई शंका लागेर चेकजाँच गर्दा माझीको साथबाट १० ग्राम ब्राउनसुगर र १६ हजार ८५५ नगद फेला परेको थियो ।

 

मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।