खेलकुद

सेथुका लागि एन्जिलाले आई-लिग खेल्ने

By admin

October 30, 2022

झापा । नेपाली महिला राष्ट्रिय टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले सेथु एफसीका लागि भारतको वुमेन्स आई-लिग खेल्ने भएकी छन् । उनी आई-लिग खेल्ने तेस्रो नेपाली महिला खेलाडी हुनेछिन् ।

 

यसअघि साबित्रा भण्डारी र अनिता बस्नेतले आई-लिग खेलेका थिए । नेपालमा एपीएफका लागि व्यावसायिक फुटबल खेलिरहेकी एन्जिलाका अनुसार उनले सेथुसँग एक वर्षको अनुबन्ध गरेकी छिन् र अबको सिजन खेल्नेछिन् ।

 

एन्जिलाकै नेतृत्वमा नेपाल वुमेन्स साफ च्याम्पियनसिप २०२२ मा दोस्रो भएको थियो । सेथु सन् २०१८-२०१९ को आई-लिग च्याम्पियन हो र गत सिजन उसले उपविजेतामै चित्त बुझाएको थियो ।