खेलकुद

पाकिस्तानसँग खेल्न नेपालकाे मुख्य प्रशिक्षकमा कटुवाल

By admin

November 01, 2022

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले मंगलबार मैत्रीपूर्णका लागि झापाका कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको छ ।

 

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र दिएका थिए । कटुवालले मछिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिगको उपाधि जितेका छन् ।

 

नेपालले नोभेम्बर १६ (कात्तिक ३०) मा पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ ।

 

फिफाको निलम्बन फुकुवासँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपाल आउन लागेको हो । निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टिमको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षकविहीन रहँदै आएको छ । यसअघि बंगलादेशविरुद्धको मैत्रीपूर्णमा प्रदिप हुमागाईले टिम हेरेका थिए ।