समाज

बिर्तामोडमा पिकअपको ठक्करबाट बृद्धको मृत्यु

By admin

November 07, 2022

बिर्तामोड । झापामा पिकअप गाडीको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ३ निवासी ६० वर्षीय उदयबहादुर गहतराज रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

 

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड ३ मा सोमबार बिहान ५ बजे प्रदेश १-०१-००१ च ८३१९ नम्बरको पिकअप गाडीले साइकलयात्री गहतराजलाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा परी घाइते भएका गहतराजको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।