समाज

जवरजस्ती करणी मुद्धामा पथरीशनिश्चरेका विजय पक्राउ

By admin

November 08, 2022

पथरीशनिश्चरे । डेढ वर्षअघि जवरजस्ती करणी कसुरमा १० वर्ष कैद सजाय ठहर भएका एक फरार प्रतिवादीलाई पथरी प्रहरीले पक्राउ गरेको छ ।

 

मोरङ जिल्ला अदालतबाट २०७७ चैत ६ गतेको फैसलाले जवरजस्ती करणी कसुर मुद्दामा १० वर्ष कैद सजाय ठहर भएका फरार प्रतिवादी पथरी शनिश्चरे नगरपालिका वडा नं. १० का ३८ वर्षीय विजय लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।

 

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले गत १८ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागि मोरङ जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशपछि कैद भुक्तानको लागि मोरङ कारागार कार्यालय पठाएको छ।