खेलकुद

साफ यू-१५ः आज नेपालले भुटानसँग खेल्दै

By admin

November 09, 2022

झापा । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ। नेपालले तेस्रो खेलमा भुटानको सामना गर्नेछ । ढाकामा हुने खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

 

नेपाल आज लगातार तेस्रो जितको योजनामा हुनेछ । भुटान भने पहिलो जितको खोजीमा हुनेछ । यस्तै नेपाल भुटानविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो भेटमा नेपालले भुटानलाई ७-० गोलले हराएको थियो ।

 

भुटान नेपालविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० ले हराएको थियो ।

 

नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थान रहेको छ । भुटान अंकविहीन रहदै पुछारमा छ ।

 

नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ ।च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछन् ।