समाज

झापाको शरणामती बजारमा आगलागी

By admin

November 09, 2022

झापा । झापा जिल्लाको झापा गाउँपालिका वडा नं ५ स्थित शरणामती बजारमा अहिले आगलागी भइरहेको छ । शरणामतीका काशीलाल राजवंशीको घरमा आगलागी भएको हो ।

 

राजवंशीको घरमा केहीबेरअघि आगलागी शुरु भएको र अहिलेसम्म दमकल आइनपुगेको वडाध्यक्ष कृष्ण राजवंशीले बताए । उनले स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए । आगलागीकाे क्षतिबारे थप जानकारी आउन बाँकी रहेकाे छ ।