समाज

मेचीनगरका इशान र सन्दिप ब्राउन सुगरसहित पक्राउ

By admin

November 11, 2022

झापा । झापाको भद्रपुर नगरपालिका ५ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर नगरपालिका १३ झापाका २३ वर्षीय सन्दीप गौतम र इशान श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।