झापा । मेचीनगरमा पुलबाट झरेर एक जनाको मृत्यु भएको छ । दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर एक साइकलयात्रीको मृत्यु भएको हो ।
आज बिहान पुलमुनि शव फेला परेकाे हाे । मृतकको पहिचान हुन सकेको छैन । सम्भवतः गएराति नै पुलबाट झरेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । घटनास्थलतर्फ प्रहरी टोली गएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताएका छन् ।