समाज

पुलबाट झरेर मृत्यु हुने बुद्धशान्तिका होम पाैडेल

By admin

November 13, 2022

झापा । मेचीनगरमा पुलबाट झरेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार बुद्धशान्ति ५ बस्ने ४५ वर्षीय होमबहादुर पाैडेलको पुलबाट झरेर मृत्यु भएको हो ।

 

दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर पाैडेलको मृत्यु भएको हो । उनी साइकलमा सवार थिए । उनी साइकलसँगै पुलमुनि झरेको अनुसन्धानबाट खुलेको छ । पुलमुनि पोखरेल घोप्टो परेको अवस्थामा फेला परेका थिए ।

 

पाैडेलको राति नै मृत्यु भएको र स्थानीयले आज बिहान देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए । प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।