अर्थ बजार

काँकडभिट्टा नाकाबाट ३८ थान आइफोन र एप्पल वाच बरामद

By admin

November 13, 2022

झापा । मेचीनगरको काँकडभिट्टा नाकाबाट प्रहरीले करिब १३ लाख मूल्यबराबरको एप्पल कम्पनीका मोबाइल र घडी बरामद गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाट एप्पल कम्पनीका २५ वटा पुराना आइफोन र एप्पल कम्पनीका १३ थान घडी बरामद गरेको हो । भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको मोबाइल र घडी प्रहरीलाई देख्न साथ तस्करले छाडेर भागेका थिए ।

 

बरामद गरिएको मोबाइल ६ लाख २५ हजार र घडी ६ लाख ५० हजार मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।