समाज

उर्लाबारीमा भान्जाले गरे मामाको हत्या

By admin

November 14, 2022

पथरीशनिश्चरे । मोरङ्गको पथरी शनिश्चरे १० घर भएका ४२ वर्षीय काजी महराको उर्लाबारीस्थित आफ्नै दिदिको घर पाहुना गएको बेला हत्या भएको छ । दिदी घर गएका महराको आफ्नै २२ वर्षीय भान्जा सुजन पाचकोटीले धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् । मृतक महराको टाउकोमा गहिरो चोट लागेको थियो ।

 

मोरङ उर्लाबारी ८ बस्ने २२ वर्षे भान्जा सुजन पाचकोटीले घरायसी वादविवादको क्रममा धारिलो हतियार (दाउ) ले मामा महराको टाउकोमा प्रहार गरी घाइते बनाएका थिए।

 

घाइते भएका महराको उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यू भएको प्रहरीले जनाएको छ ।

 

घटनामा संलग्न सुजन पाचकोटीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ।