बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दुर्गापुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधाराका ६ का श्रीमान् श्रीमती रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा भएको दुर्घटनामा अर्जुनधारा ६ का ५२ वर्षीय नरेन्द्र मैनाली र ५० वर्षीया सीतादेवी मैनालीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पुराउनसाथ चिकित्सकले मृत घाेषित गरेकाे प्रहरीले जनाएको छ । दुवै जना मोटरसाइकलमा सवार रहेका थिए ।
दुर्घटनामा ठक्कर दिने बस र बस चालक जिल्ला मोरङ सुन्दरहरैचा ६ का बर्ष ४० को भुपाल देवानलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।