समाज

जबरजस्ती करणीका फरार झापाका कैदी पुनः पक्राउ

By admin

November 17, 2022

झापा । जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरि फरार रहेका कैदी पुनः पक्राउ भएका छन् । मोरङ जिल्लाको विराटनगर महानगरपालिका ८ स्थितमा रहेको जिल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्धामा भुक्तान गरिरहेका कैदी जिल्ला झापा साबिक सरणामती गाविस ५ हाल झापा गापा ५ बस्ने वर्ष २८ का राजकुमार हेमरम पक्राउ परेका हुन् ।

 

उनी क्षयरोगको बिरामी भई विराटनगर महानगरपालिका ७ मा रहेको क्षयरोग अस्पतालमा उपचार गराइरहेको अवस्थामा असोज १५ गते अस्पतालबाटै फरार भएका थिए ।

 

फरार रहेका उनलाई आज मंसिर १ गते ५ बजेर २० मिनेटमा प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोलीले निजकै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रकाउ गरिएको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

झापा प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार पक्राउ परेका व्यक्तिलाई प्रहरी चौकी शरणामतीमा ल्याएर जिल्ला प्रहरी कार्यालय मोरङ लैजाने प्रक्रिया अघि बढाइएको बताइएको छ ।