समाज

सुरुङ्गाका ७७ वर्षीय बृद्ध करणी र डाका मुद्दामा पक्राउ

By admin

November 28, 2022

बिर्तामोड । झापा प्रहरीले करिब १२ वर्षदेखि फरार रहेका एक बृद्धलाई पक्राउ गरेको छ । फरार रहेका बृद्धमाथि जबरजस्ती करणी र डाकाको अभियोग छ । पक्राउ पर्नेमा ७७ वर्षीय बृद्ध छन् ।

 

सम्मानित झापा जिल्ला अदालतको मिति २०६७ साल पुस १३ गतेको फैसलाअनुसार झापा सुरुङ्गाका धनपति ढुंगानालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनको कसुरबारे विस्तृतरुपमा प्रहरीले खुलाएको छैन । पक्राउ परेका बृद्धको हालको उमेर ७७ वर्ष उल्लेख छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले आज पक्राउ गरी फैसला कार्यान्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले निज प्रतिबादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी वसन्त पाठकले जनाएका छन् ।

 

पक्राउ पर्नेमा साविध सुरुङ्गा गाविस वडा नम्बर ४, हाल कनकाई नगरपालिका वडा नम्बर ४ रहेको छ । ७७ वर्षीय ढुंगानालाई अदालतको फैसलाबमोजिम ६ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।