खेलकुद

पाँचथरको तिजोग फाइनलमा

By admin

November 30, 2022

इलाम । साँघुरो जितका साथ पाँचथरको तिजोग युवा क्लब इलामको माङसेबुङमा जारी १५औं आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा तिजोगले हाटखोला एफसी, सुनसरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

 

तिजोगको जितमा खेलको १७औं मिनटमा रोशन आङ्देम्बेले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । रोशन नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

 

प्रतियोगिता अन्तरगत मंसिर १४ गते बुधबारको दोस्रो सेमिफाइनल खेल जलथल एफसी, झापा र छथर गाउँपालिका, तेह्रथुम बीच हुने आयोजकले जानकारी दियो ।

 

आत्मा-पवित्र हक्चात यक्थुम, माङसेबुङ, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख ११ हजार १६९ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख ५ हजार १६९ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल मंसिर १७ गतेका दिन हुनेछ ।