अर्थ बजार

१४ वर्षपछि विराटनगर-ताप्लेजुङ परीक्षण उडान

By admin

December 01, 2022

ताप्लेजुङ । नेपाल वायु सेवा निगमले विराटनगर-ताप्लेजुङ परीक्षण उडान गरेको छ । नियमित उडान छोडेको १४ वर्षपछि परीक्षण गरेको हो । स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूका अनुसार बिहीबार बिहान यात्रु लिएर काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको थियो ।

 

सिनियर पाइलट पेम्बा शेर्पा र मनिष विष्टले उडान भरेको निगमले जनाएको छ । प्रदेश राजधानी विराटनगर उडान गर्न जिल्लाका नागरिकले माग गर्दै आएका थिए । २०३२ सालमा निर्माण भएको विमानस्थलमा २०६५ सालसम्म विराटनगर-ताप्लेजुङमात्रै उडान हुँदै आएको थियो ।

 

काठमाडौं-ताप्लेजुङ उडान गर्न थालेपछि निगमले विराटनगर उडान स्थगित गरेको थियो । बिहीबार र शनिबार गरी सातामा दुई दिन काठमाडौं ताप्लेजुङ उडान गर्दै आएको निगमले विराटनगरको नियमित तालिका भने बनाएको छैन ।

 

काठमाडौं-ताप्लेजुङ, ताप्लेजुङ-भद्रपुर-ताप्लेजुङ उडान गरेको तारा एयरले गत वर्षदेखि नियमित नगरेका कारण यात्रुहरुले गाडीबाटै यात्रा गर्नुपर्ने बाध्यता छ । इकान्तिपुरबाट