समाज

पाँच ग्राम ब्राउन सुगरसहित दमककी तुलमाया पक्राउ

By admin

December 13, 2022

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक महिला दमकबाट पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं ९ बस्ने ४५ वर्षीया तुलमाया तामाङ रहेकी छन् ।

 

आज बिहान ५ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।