समाज

प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिए

By admin

December 13, 2022

झापा । ओखलढुङ्गामा कार्यरत प्रहरी निरीक्षक सोलुखुम्बुमा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका हुन् । खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडी घर बिदामा सोलुखुम्बुको वासा गएका थिए । उनी आफ्नै घरमा मृत भेटिएका हुन् ।

 

सोमबार बेलुका साथीभाइसँग रमाइलोका साथ खानपिन गरेर सुतेका राई बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको राईको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शुकदेव खनालले जानकारी दिए ।

 

आफूले घटनाको बारेमा परिवारसँग बुझ्दा साथीभाइसँग सोमबार बेलुका राम्रैसँग खानपिन गरेर सुतेका राई मङ्गलबार बिहान मृत भेटिएको जानकारी गराएको प्रहरी प्रमुख खनालको भनाइ छ ।