समाज

डाङग्रे बाबा धाममा फलामे विश्रामस्थल र परिक्रमा मार्गको उद्घाटन

By admin

December 13, 2022

अर्जुनधारा । झापाको अर्जुनधारा ७ स्थित पाराखोपीमा रहेको डाङग्रे बाबा-सेतीदेवी-पाथीभरा माता धाममा नवनिर्मित फलामको विश्रामस्थल र धामकाे पेभर्स बिछ्याएर बनाइएकाे परिक्रमा मार्गको मंसिरे पञ्चमीकाे अवसर पारेर आज उद्घाटन गरिएको छ । करिब २ लाख रूपैयाँमा निर्मित विश्रामस्थल र पेभर्सकाे उद्घाटन गरिएको हो ।

 

अर्जुनधारा ७ नम्बर वडा कार्यालयको सामाजिक विकासअन्तर्गत प्राप्त ५० हजार र अन्य दाताको रकमबाट निर्मित फलामको विश्रामस्थलको आज उद्घाटन गरिएको हो । धाम संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर मगर (काली)को अध्यक्षता तथा ७ नम्बर वडाध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।

 

समितिका अनुसार ९४ हजारको लागतमा उक्त विश्रामस्थल निर्माण सम्पन्न भएको हो । वडाको ५० हजारबाहेक दमक २ का भवानी+स्वस्तिका भण्डारी बराल, अर्जुनधारा ७ का तुलसी+शिवकुमारी श्रेष्ठ र नायुमा हाङमा चाम्लिङ राई र पथरीशनिश्चरेका धाम उत्पत्तिकर्ता विकास साम्पाङ राईबाट जनही १०-१० हजार प्राप्त सहयोगबाट ९ थान बेञ्च निर्माण गरिएको हो ।

 

यसअघि धामको पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत विभिन्न दाताहरुको सहयोगमा परिक्रमा मार्गमा पेभर्स लगाइएको थियो । दाताहरुबाट प्राप्त नगद तथा जिन्सीसहित कुल ९९ हजार रुपैयाँको लागतमा २८५ फिटभन्दा बढी पेभर्स लगाइएको थियो ।

 

पेभर्स लगाउन अर्जुनधारा नगर कार्यपालिकाकी सदस्य गौरीमाया चिमरीया ‘अस्मिता’बाट ११ हजार पाँच सय रुपैयाँ, अर्जुनधारा नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख तोयानाथ रेग्मीबाट ११ हजार रुपैयाँ, किरात राई यायोक्खा अर्जुनधारा नगर कार्यसमितिका अध्यक्ष क्या मानबहादुर राईबाट १० हजार रुपैयाँ प्राप्त भएको थियो ।

 

यसैगरी, फरवार्ड एजुकेशन फाउण्डेसन प्रालिका सञ्चालक इन्दप्रसाद गिरीबाट १० हजार रुपैयाँ, क्या। शिवकुमार र मनकुमारी चाम्लिङ राई दम्पतीबाट १० हजार रुपैयाँ, दिलिपकुमार र भूपा थुलुङ राई दम्पतीबाट १० हजार रुपैयाँ तथा सुरेश र चन्द्रकला चाम्लिङ राई दम्पतीबाट १० हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको समितिले जनाएको छ । यता समितिको आन्तरिक कोषबाट १० हजार रुपैयाँ जुटाइएको थियो ।

 

यसैगरी, व्यवसायी सुरेन श्रेष्ठबाट चार सय थान पेभर्स र समितिका अध्यक्ष मगरबाट तीन ट्रयाक्टर बालुवा प्राप्त भएको थियो । उक्त परिक्रमा मार्गको आगामी मंसीर २७ गते पञ्चमीका दिन उद्घाटन गरिने बताइएको छ ।