अर्थ बजार

बिर्तामोडमा खुल्यो ‘मन्त्र थकाली’

By admin

December 25, 2022

बिर्तामोड । झापाको बिर्तामोडमा युवा व्यवसायीहरुले मन्त्र थकाली सञ्चालनमा ल्याएका छन् । मन्त्र थकालीको शनिबार बिहानबाट औपचारिक शुभारम्भ गरिएको हो । मन्त्र थकालीको शुभारम्भ बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर गरेकी हुन् ।

 

बिर्तामोडका दिपक काफ्ले, सुभम घिमिरे, सुरज खड्का र उमेश खरेलले संयुक्तरुपमा मन्त्र थकाली सञ्चालनमा ल्याएका हुन् । बिर्तामोडस्थित अदुवा पुल उत्तरमा सञ्चालनमा ल्याइएको मन्त्र थकालीमा खानालाई विशेष प्राथमिकता दिइने भएको छ । शान्त वातावरणमा स्वस्थ्य खाना उपलब्ध गराउने सञ्चालकहरुको भनाई छ ।

 

थकालीमा हुनुपर्ने सबै परिकार हुनेछ, थकाली भनेर सामान्य खाना खुवाइने छैन सञ्चालक उमेश खरेलले भने, खानाका लागि पाल्पाको दाल, घरेलु मसलाहरु प्रयोग गरिनेछ ।

 

करिव ५५ लाख लगानीमा सुरु गरिएको मन्त्रलाई शुभकामना दिँदै नगर प्रमुख महताराले स्वच्छ खानामा ध्यान दिँदै सरसफाईलाई विशेष ख्याल गर्न आग्रह गरेकी छन् । ‘मिठो खाना कहाँ पाइन्छ भन्दा सम्झिने बनाउनुहोस्’, उनले थपिन् ।