खेलकुद

जलथललाई हर्क राई स्मृति कपको उपाधि

By admin

December 25, 2022

सुरुङ्गा । झापाको कनकाई १ र २ मा रहेको पूर्वकै पर्यटकीय क्षेत्र निर्माणाधीन जामुनखाडी प्राकृतिक रंगशालामा सञ्चालन भएको प्रथम हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि जलथल एफसीले हात पारेको छ ।

 

शनिबार सम्पन्न फाइनल खेलमा उपाधिका लागि एपिएफ पकली र जलथल एफसीबीच प्रतिष्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । टाइब्रेकरमा जलथलले एपीएफ पकलीमाथि ५-४ गोलबाट जित दर्ता गर्दै उपाधि रक्षा गरेको हो ।

 

उपाधि विजेताले नगद १ लाख ११ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले विजेतालाई प्रथम पुरस्कार हस्तान्तरण गरे भने उपविजेता एपीएफलाई राई परिवारका सदस्य दिलिप राईबाट नगद ५५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।