खेलकुद

उपाधि भिडन्तमा सलहेश र भुटनिज युथ

By admin

December 28, 2022

दमक । यहाँ आयोजित प्रथम जय हुमागाई स्मृति कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) अमेरिका र सिराहाको सलहेश युवा क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

 

पहिलो सेमिफाइनल खेलमा सलहेशले क्यामरुनको एभनिर एफसीमाथि कठिन जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । खेलमा दोस्रो हाफको सातौं मिनटमा अजयी मार्टिनले गरेको एकमात्र गोल सहलेशलाई फाइनल पुर्याउन निर्णायक बन्यो ।

 

यस्तै, अन्तिम सेमिफाइनल खेलमा बीवाईएससी अमेरिकाले सुनसरीको शान्तिनगर एफसीमाथि गोलवर्षा गर्दै फाइनल यात्रा तय गरेको थियो । पहिलो हाफमा २-० गोलको अग्रता लिएको बीवाईएससीले दोस्रो हाफमा थप ३ गोल गरेको थियो ।

 

५-० गोलको फराकिलो जित निकालेको बीवाईएससीले आज सिराहाको सलहेशसँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । जय हुमागाई ट्रष्टले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ५ लाख पाउँदा उपविजेताले नगद ३ लाख र ट्रफी पाउने छ ।

 

यस्तै, अन्य विधाका व्यक्तिगत पुरस्कारतर्फ आकर्षक नगद पुरस्कारको व्यवस्था आयोजकले गरेको छ । म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद पाँच हजार पाउँदै आएका छन् ।