समाज

मेचीनगरमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

By admin

January 03, 2023

झापा । झापामा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हिजो बेलुका ६ः१५ बजे मेचीनगर नगरपालिका वडा नम्बर २ त्रिमार्ग चोकस्थित भित्री सडकखण्डमा उत्तरबाट अटोले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

 

दक्षिणतर्फ आउँदै गरेको मे १ ह ७१५३ नम्बरको अटोले पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय रविलाल दनुवारलाई ठक्कर दिएको थियो । दाहिने खुट्टा भाँच्चिएको र टाउकोमा चोट लागेर घाइते भई उपचारको लागि आम्दा अस्पताल धुलाबारी लगिएको थियो ।

 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिएण्डसी अस्पताल पठाएकोमा डाक्टरले चेक गर्दा बाटोमा नै उनको मृत्यु भएको जनाएकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

दुर्घटनापछि अटो र अटो चालक मेचीनगर ८ बस्ने ४० वर्षीय भुपाल बाँस्तोलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी बसन्त पाठकले बताए ।