समाज

अर्जुनधारा जेसीजको अध्यक्षमा प्रेम खड्का

By admin

January 06, 2023

शनिश्चरे । अर्जुनधारा जेसीज सन् २०२३ को अध्यक्षमा प्रेम खड्का चुनिएका छन् । आज सम्पन्न ११औँ वार्षिक साधारणसभाबाट उनी निर्विरोधरुपमा चयन भएका हुन् ।

 

जेसीज भवनमा आयोजित निर्वाचन कार्यक्रममा अध्यक्षको दाबेदार बसन्त बुढाथोकीले उम्मेद्वारी फिर्ता लिएपछि खड्का निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । उनी वर्तमान कार्यकारी उपाध्यक्ष थिए ।

 

यस्तै, कार्यकारी उपाध्यक्षको दुई पदमा तीन जनाको उम्मेद्वारी परेको छ । जसमा बालगोपाल गौतम, बरुण माझी र प्रजित थापाको उम्मेद्वारी परेको छ ।

 

यस्तै, चार उपाध्यक्षको पदमा पाँच जनाको उम्मेद्वारी परेको छ । जसमा मनोज सिटौला, सुमन ओली, घनेन्द्र डाँगी, गौरव भण्डारी र भीम बराले उम्मेद्वारी दिएका छन् ।

 

कार्यकारी उपाध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन समितिले सहमतिका लागि प्रयास गराउन पहल गरिरहेको जनाएको छ ।

 

अर्जुनधारा जेसीजका अध्यक्ष राजु कुँवरको अध्यक्षता तथा अर्जुनधारा वडा नम्बर ७ का अध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको थियो ।