अर्थ बजार

सिस्ने कृषि सहकारीको अध्यक्षमा पुनः बुद्धिसागर ढुंगेल

By admin

January 07, 2023

अर्जुनधारा । झापाको अर्जुनधारा १ मा रहेको सिस्ने कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः बुद्धिसागर ढुंगेल चयन भएका छन् । आज सम्पन्न ११औँ वार्षिक साधारणसभाबाट ढुंगेल पुनः नेतृत्वमा आएका हुन् ।

 

यस्तै, संस्थाको उपाध्यक्षमा रामबहादुर खड्का रहेका छन् भने सदस्यमा अम्बरबहादुर राई, हरिप्रसाद नेपाल, तुलसा पोख्रेल, रामबहादुर कार्की, नरेन्द्रप्रसाद आचार्य, बेनुकुमार राई र गंगादेवी प्रधान रहेका छन् । यसैगरी, लेखा समितिको संयोजकमा सुवासचन्द्र मिश्र र सदस्यमा तिवेन्द्र काफ्ले छन् ।

 

यस्तै, सल्लाहकार समितिमा रामबहादुर निरौला, वीरबहादुर राई, हेम लम्साल, मदनकुमार लिमेल र खोमा गौतम रहँदा ऋण समितिको संयोजकमा बेनुकुमार राई र डम्बर प्रसाईं सदस्य छन् ।

 

साधारणसभाको उद्घाटन अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले गरेकी थिइन् । संस्थाका व्यवस्थापक डम्बर दर्नालले सञ्चालन गरेको कार्यक्रममा असल मासिक बचतकर्ता तारानिधि सुवेदी, दैनिक बचतकर्ता प्रेमकुमार लिम्बू र असल ऋणी रुद्रदेवी खनाल विष्टलाई पुरस्कृत गरिएको थियो । यस्तै, शेयर सदस्यका जेहेन्दार १० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

 

 

संस्थाका अध्यक्ष ढुंगेलले प्रस्तुत गरेको प्रतिवेदनमा १२ कठ्ठा जग्गा खरिद गर्न सफल भएको उल्लेख छ । जग्गा खरिदपछि संस्थाको खुद नाफा १७ हजार ९४७ देखाइएको छ भने ५१८ जना सदस्य रहेको संस्थाले शेयर पुँजी ७० लाख ८६ हजार ५३० पुगेको प्रतिवेदनमा उल्लेख छ ।

 

सदस्यको बचत ३२ लाख २ हजार ९६४ रहेको संस्थाले ४१ लाख ३९ हजार ५ सय कर्जा लगानी गरेको छ । यस्तै, ४ लाख ६५ हजार १९१ रुपैयाँ जगेडा कोष तथा अन्य कोषमा रहेको छ भने कर्जा जोखिम कोषमा २ लाख ५६ हजार ७७५ रुपैयाँ रहेको प्रतिवेदनमा जनाइएको छ ।