समाज

फिदिम ७ का निवर्तमान वडाध्यक्ष गुरुङको निधन

By admin

January 10, 2023

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष गोपालप्रसाद गुरुङको निधन भएको छ । उनको ७० वर्षको उमेरमा निधन भएको हो ।

 

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गुरुङको सोमबार अचानक निधन भएको हो । हृदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ । राजनीतिसँगै विभिन्न समाजिक काममा गुरुङ सक्रिय रहेका थिए । २००९ साल फाल्गुन २९ गते उनको जन्म भएको थियो ।

 

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा फिदिम ७ बाट वडाध्यक्षको पदमा निर्वाचित भएका थिए । उनी २०४९ सालमा तत्कालीन रानीटार गाविसको उपाध्यक्षमा समेत निर्वाचित भएका थिए । २०५४ सालमा गाविस अध्यक्षका उम्मेद्वार रहेका थिए ।

 

उनका एक श्रीमती, एक छोरा, ४ जना छोरी रहेका छन् । पूर्व भारतीय सेना रहेका उनी नेपाली कांग्रेस पाँचथर पूर्व जिल्ला सदस्य समेत थिए । उनले शिक्षण सेवासमेत गरेका थिए । उनको मंगलबार अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।