अर्थ बजार

बैङ्किङ कसुर मुद्दामा फरार इटहरीकी सीता पक्राउ

By admin

January 10, 2023

झापा । बैङ्किङ कसुर र चेक अनादर मुद्दाका एक फरार महिला प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका- ९ निवासी ४४ वर्षीया सीताकुमारी भेटवाल पोखरेल रहेकी छिन् ।

 

बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले २०७९ असार १ गते गरेको सजाय निर्धारण फैसला आदेशले बमोजिम पोखरेललाई ५ लाख रुपैयाँ जरिवाना र चेक अनादर मुद्दामा सुनसरी जिल्ला अदालत इनरुवाले २०७९्र जेठ २७ गतेको सजाय निर्धारण फैसला आदेशले ३ महिना कैद, ३ हजार रुपैयाँ जरिवाना तोकेका थिए ।

 

फरार रहेकी पोखरेललाई गाउँघरमा नै लुकीछिपी बसेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी समूहको प्रहरी टोलीले पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गरी कैद भुक्तानको लागि झुम्का कारागार पठाइसकेको प्रहरीले जनाएको छ ।